Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘चोङ्सी’ गुफा

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘चोङ्सी’ गुफा


  • 267
    Shares

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘चोङ्सी’ गुफा
    images

    काठमाडौं । धार्मिक तथा पर्यटकीय हिमालपारिको जिल्ला मुस्ताङमा दर्जनौ मानव निर्मित गुफा छन् । त्यस्तै प्राकृतिक रुपमा उत्पत्ति भएको एउटा महत्वपूर्ण गुफा पनि छ यहाँ ।

    त्यो गुफा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ स्याङवचे गाउँअवस्थित अग्लो पहाडको बीचमा छ । प्राकृतिक रुपमा स्वतः आफैँ उत्पत्ति भएरको उक्त गुफा चिउसीअर्थात् चोङ्सी गुफाका नामबाट प्रसिद्धि कमाएको छ ।

    पवित्र धार्मिक तीर्थस्थल त्यस गुफाको दर्शन गरेमा मोक्ष प्राप्त हुने र दर्शनार्थीलाई परम स्वर्गको अनुभूति हुने भन्ने जनविश्वास छ । जोमसोम–कोरला सडकमार्गबाट तीन किलोमिटर तल रहेको त्यस गुफासंङ्खे आकारको ढुङ्गाबाट प्राकृतिक रुपमा उत्पत्ति भएकाले यसलाई चोङ्सी गुफा भन्ने गरिएको स्थानीयको भनाइ छ ।

    प्राकृतिक रुपमा उत्पत्ति भएकाले चोङ्सी गुफालाई स्थानीयले चोङ्सी रामजोन समेत भन्ने गरेको पाइन्छ । आठौँ शताब्दी ताका गुरु पद्यसम्भवअर्थात् रिन्पोर्छेले तिब्बत जाने क्रममा यहाँको चोङ्सी गुफामा ध्यान तपस्या गरी बसेको भन्ने इतिहास पाइन्छ । 

    चोङ्सी गुफा केवल गुफा मात्रै नभई धार्मिक आस्थाको केन्द्र रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले उल्लेख गरे।

    उनका अनुसार सडकमार्ग नहुँदा पनि उक्त चोङ्सी गुफामा दर्शन तथा अवलोकन गर्न धार्मिक भक्तजन मात्र पुग्ने गरेकामा पछिल्लो स्वदेशी तथा विदेशी पर्यटक समेत आउने गरेको अध्यक्ष गुरुङले जानकारी दिए।

    त्यस गुफामा गुरु पद्यसम्भवसंग जोडिएका र अन्य धेरै धार्मिक विशेषता अवलोकन गर्न सकिन्छ । गुफाभित्रको पश्चिम भागमा हरित तारा र स्वेत तारा अवस्थित छ। प्राकृतिक रुपमा उत्पत्ति भएकाले स्थानीयले यसलाई ठोम भन्ने गरेको सुनिन्छ। गुफा तीन खण्डमा विभाजित छ । गुफा भित्र बुद्धको चारवटा स्वरुप रहेको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिए। उक्त स्वरुपलाई बुद्धको अवलकेश्वरको रुपमा दर्शन गर्ने परम्परा छ।

    त्यस गुफाभित्र दुईवटा छुट्टाछुट्टै चट्टानका थुम्का छन्। गाउँपालिका अध्यक्ष गुरुङका अनुसार उक्त थुम्कालाई एकलाई माउण्ट कैलाश र अर्को थुम्कोलाई आयु देवताको रुपमा पुज्ने गरिएको छ। अध्यक्ष गुरुङका अनुसार माउण्ड कैलाश पहाड तिब्बतमा अवस्थित रहे पनि चोङ्सी गुफामा अवस्थित माउण्ड कैलाश थुम्कोलाई त्यसको एक अंशको रुपमा लिने गरिएको छ। त्यस्तै अर्को थुम्कोलाई आयु देवताको रुपमा पुज्ने गरिएको छ । स्थानीयले गुफा भित्रको आयु थुम्कोलाई ठेगुम भन्ने गरेको पाइन्छ।

    गुफाको दोस्रो खण्डको चट्टानी खोपीमा गुरु पद्यसम्भव निकटका देवीदेवताको वासस्थान रहेको जनविश्वास छ । गुफाको दोस्रो खण्डमा पूजाआजा गर्ने ठाउँ छ। गुफाभित्र महाँकाल, नागदेवता र पाप पूण्य मापन गर्ने ठाउँ छन् । गुफामा ठुलो एक ढुङ्गा छ, जसलाई दुई हातले अँगालो हाल्न सक्ने दर्शनार्थीले मातापिताको सेवा गरेको ठहरिने र त्यो नसक्नेले सेवा गर्न नसकेको भन्ने धार्मिक जनविश्वास छ।

    बुद्धिसं धार्मिक ग्रन्थहरुमा त्यस गुफाको माथिल्लो भागमा चरा र गुरुडको तिर्थ गर्ने ठाउँ रहेको उल्लेख छ । चरा र गरुड तीर्थ गर्ने ठाउँमा केहीले मात्रै दर्शन गरेको बताइछ । पवित्र जल रहेको गुफामा प्वाल पारिएका छिद्रछिद्र आधा दर्जन बढी प्वाल देख्न सकिन्छ। सोही प्वालमा पवित्र जल भेट्न सकिन्छ । डाडुजस्तो साधन प्रयोग गरी प्वालभित्रबाट उभाउँदा जल प्राप्त गर्न सकिन्छ । त्यहाँका पवित्र जल पिउनाले ग्याष्टिकलगायत पेटसम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ।

    मुस्ताङको पवित्र धार्मिक तीर्थस्थल त्यस गुफासम्म साङ्वचेदेखि गुफा नजिकसम्म कच्ची सडक जोडिएकाले त्यहाँ जाने दर्शनार्थी तथा पर्यटकलाई निकै सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए।

    अध्यक्ष विष्टका अनुसार विगतमा मुस्ताङको समरदेखि पैदल तीन घण्टाको दूरी तय गर्दै गुफासम्म जाने गरिएकामा पछिल्लो समय स्याङ्वचेबाट सडक विस्तार गरिएकाले १५ मिनेटमै त्यहाँ पुग्न सकिनेछ।

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १८:००:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij