Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस महाधिवेशन तोकिएकै मितिमा, तल्लो तहको कार्यतालिका हेरफेर हुनसक्ने

कांग्रेस महाधिवेशन तोकिएकै मितिमा, तल्लो तहको कार्यतालिका हेरफेर हुनसक्ने


  • 463
    Shares

    कांग्रेस महाधिवेशन तोकिएकै मितिमा, तल्लो तहको कार्यतालिका हेरफेर हुनसक्ने
    images

    काठमाडौं । ‘नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका लागि प्रश्तावित पूर्वनिर्धारित मितिलाई कायम राख्दै तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा केही परिमार्जन गर्ने विषयमा छलफल शुरु भएको छ । 

    बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले सो जानकारी दिएका हुन् । महामन्त्री पौडेलकाअनुसार आगामी असोज १६, १७, १८ र १९ गतेका लागि तय गरिएको केन्द्रिय महाधिवेशनको मिति परिवर्तन नहुने गरी त्यसभन्दा तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्नेबारे बैठकमा छलफल भइरहेको छ ।

    बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको विषयले पनि प्राथमिकता पाएको छ । यसअघि ७७ वटै जिल्लामा खटाइएका केन्द्रिय प्रतिनिधिहरूले सदस्यता अद्यावधिक र वितरणका क्रममा देखिएका वस्तुगत स्थिति तथा समस्याहरूबारे आफ्नो धारणा र सुझाव राखिरहेको छ ।  

    महामन्त्री पौडेलले भने, ‘सदस्यता वितरण र अद्यावधिकको मुख्य कार्य सम्पन्न भइसकेको छ । अहिले सदस्यता सूचीमा सच्याउनुपर्ने प्राविधिक पक्ष, समावेश गर्न छुटेका विवरण र अन्य सांगठनिक विषयमा बैठक केन्द्रित छ ।’

    बैठकमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताका अतिरिक्त कार्यसूचीमा समावेश गरिएका अन्य समसामयिक विषयमा पनि केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले बताए।

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १८:१३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij