Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै, यी ठाउँहरुमा भारी वर्षाको सम्भावना

आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै, यी ठाउँहरुमा भारी वर्षाको सम्भावना


  • 1.1K
    Shares

    आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै, यी ठाउँहरुमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ।

    जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश लागेको छ। कोशी,बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केहि स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश, कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा  चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - ०६:४३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij