Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

प्रधानमन्त्री बालेनले भेटे चिनियाँ राजदूत, द्विपक्षीय सहकार्यबारे छलफल

प्रधानमन्त्री बालेनले भेटे चिनियाँ राजदूत, द्विपक्षीय सहकार्यबारे छलफल


  • 960
    Shares

    प्रधानमन्त्री बालेनले भेटे चिनियाँ राजदूत, द्विपक्षीय सहकार्यबारे छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेट भएको छ।  उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो। 

    भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।

    गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। 

    आज प्रधानमन्त्री बालेनले भारतीय र चिनियाँ राजदूतलाई भेटेका हुन्। शाहले भोलि अमेरिकी दूतावासका उच्च अधिकारीलाई भेट्ने कार्यक्रमसमेत तय भएको छ। 

     

    प्रकाशित मिति :श्रावण २५ २०८३ सोमवार - १६:१६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij