२०८३ श्रावण ३० गते शनिवार
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका ऋषिराज मोरलाई एक करोड धरौटीमा रिहा गर्न विशेष अदालत, काठमाडौंले आदेश दिएको छ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिलीरन्त श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मोरलाई धरौटीमा छोड्न आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादी ऋषिराज मोरबाट एक करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई निज प्रतिवादीलाई तारेखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू।’
उनीविरुद्ध धितोपत्र बजारमा कृत्रिम रुपमा मूल्य वृद्धि गरी विभिन्न कम्पनीहरूको उच्च मूल्यमा शेयर बिक्री गर्ने योजनाबद्ध रणनीति अपनाएर विभिन्न पब्लिक लिमिटेडका कम्पनीलाई हानीनोक्सानी पु¥याएको आरोप लागेको थियो। विशेष गरेर हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई घाटा लगाएको आरोप थियो।
उनीविरुद्ध तीन अर्ब ७८ करोड ८२ लाख ७५ हजार ६२२ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो। तर, पुर्पक्षका लागि भएको बहसका क्रममा अदालतमा बयान गर्दा मोरले सबै आरोप अस्वीकार गरेको आदेशमा उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij