Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

१८औँ नाडा अटो शो भदौ ९ गते देखि : डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको छुट

१८औँ नाडा अटो शो भदौ ९ गते देखि : डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको छुट


  • 491
    Shares

    १८औँ  नाडा अटो शो भदौ ९ गते देखि : डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको छुट
    images

    काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने अटो शोका लागि डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट घोषणा गरिएको छ।

    अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित प्रदर्शनीका रूपमा लिइएको नाडा अटो शोको मुख्य प्रायोजक यस वर्ष ‘एचपी लुब्रिकेन्ट्स’ रहेको छ। नाडाले आफ्नो पाँच दशक लामो यात्राको अवसरमा अवलोकनकर्ताका लागि खल्ती एपसँगको सहकार्यमा विशेष प्रवर्द्धनात्मक अफर ल्याएको हो।

    अफरअन्तर्गत खल्ती एपमार्फत वा आधिकारिक खल्ती क्युआर (QR Code) स्क्यान गरी अग्रिम टिकट खरिद गर्ने अवलोकनकर्ताले साधारण र विद्यार्थी दुवै प्रकारका टिकटमा ५० प्रतिशत छुट पाउनेछन्। सीमित अवधिका लागि मात्र लागू हुने भएकाले समयमै टिकट खरिद गर्न नाडाले आग्रह गरेको छ।

    यस वर्षको प्रदर्शनीमा नवीनतम विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन, अत्याधुनिक अटोमोबाइल प्रविधि, पार्टपुर्जा तथा लुब्रिकेन्टका साथै वित्तीय र बिमा सेवासमेत एकै स्थानमा प्रदर्शनी तथा उपलब्ध गराइनेछ।

    नाडाले आफ्नो ५० वर्षको यात्रालाई उत्सवका रूपमा मनाउँदै नयाँ प्रविधि र अटोमोबाइल क्षेत्रका पछिल्ला उत्पादनबारे जानकारी लिन अटोप्रेमी, युवा तथा विद्यार्थीलाई प्रदर्शनीमा सहभागी हुन आह्वान गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १८:०९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij