Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)


  • 1.1K
    Shares

    सशस्त्र प्रहरीका एसपीहरूको सरुवा (सूचीसहित)
    images

    काठमाडौं ।  सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै सशस्त्र प्रहरी सेवा, साधारण समूहअन्तर्गतका एसपीहरूको सरुवा गरिएको जानकारी दिएको हो ।

    सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को व्यवस्था बमोजिम एसपीहरूको काज तथा सरुवा गरिएको जनाइएको छ ।

    सरुवा भएका उपरीक्षकहरूलाई तोकिएका नयाँ कार्यालयमा नियमानुसार तलब, भत्ता तथा रासन सुविधा पाउने गरी जिम्मेवारी दिइएको छ । उक्त सरुवा आगामी २०८३ भदौ १ गतेदेखि लागू हुने सशस्त्र प्रहरी बलले जनाएको छ ।

    सरुवासम्बन्धी विवरण अभिलेखमा अद्यावधिक गर्न भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (प्रहरी शाखा) लाई समेत जानकारी गराइएको छ ।

    सम्बन्धित कार्यालयहरूलाई पनि आवश्यक अभिलेख व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

    s1.jpg

    s2.jpg

    s4.jpg

    s5.jpg

    s6.jpg

    s7.jpg

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १७:२२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij