Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

निर्मला पन्त हत्याबारे प्रश्न नगर्न सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

निर्मला पन्त हत्याबारे प्रश्न नगर्न सांसदहरूलाई गृहमन्त्रीको चेतावनी


  • 1.3K
    Shares

    निर्मला पन्त हत्याबारे प्रश्न नगर्न सांसदहरूलाई गृहमन्त्रीको चेतावनी
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन् ।

    राष्ट्रियसभाको बुधबारको बैठकमा निर्मला पन्त प्रकरणका सम्बन्धमा सांसदले सोधेको प्रश्नको जवाफ ठाडो भाषामा हुन गएको स्वीकार गर्दै उनले रोष्ट्रमबाटै माफी मागेका हुन् । मन्त्री गुरुङको उक्त भाषाशैलीप्रति सांसदहरूले आपत्ति जनाएका थिए ।

    यसअघि बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषि पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मालालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भनि प्रश्न सोधेका थिए ।

    जवाफमा गृहमन्त्री गुरुङले तपाईंहरू सत्तामा हुँदा किन नगर्नुभएको ? भन्दै ठाडो प्रतिप्रश्न गरेका थिए । उनले आइन्दा यस्तो प्रश्न नगर्न समेत सांसदहरूलाई चेतावनी दिएका थिए ।

    गृहमन्त्री गुरुङले माफी माग्दै भने, "हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जान्छौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो । यसका लागि म क्षमाप्रार्थी पनि छु । हजुरहरूसँग माफी पनि माग्न चाहन्छु ।"

    उनले सरकार विपद् व्यवस्थापनका सम्बन्धमा सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्यमा काम गरिरहेको बताए ।

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १७:०१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij