Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍योः मिराज ढुंगाना

सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍योः मिराज ढुंगाना


  • 582
    Shares

    सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍योः मिराज ढुंगाना
    images

    काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् । बिहीवार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाएका हुन् ।

    उनले साना साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने बताएका छन् । सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्नसक्ने उनको भनाई छ । कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालना गर्नु दुवै गलत भएको बताएका छन् । 

    उनले जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथी गोली हानेको आरोप लगाएका छन् । द्वन्द्व नियन्त्रणका लागि प्रहरीले घातक हतियारको सट्टा नन–लिथल उपकरण प्रयोग गर्नुपर्ने उनको भनाई छ । कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेनजी उमेर समूहका रहेको उल्लेख गर्दै उनले जेनजी आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भएपनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको उनको भनाई छ ।

    उनले कप्तानगन्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएका छन् । उनले हालै भारतमा भएको सीजेपीको ठुलो आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उनको भनाई छ । तर नेपालमा भने  सानो झडपमै गोली चल्नु चिन्ताजनक भएको उनले बताएका छन् । 

     

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १६:२०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij