२०८३ श्रावण ३० गते शनिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति जनाएकी छन् । विमानस्थलमा नागरिकले भोग्नुपरेका समस्याबारे बोल्दै उनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन् ।
बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसद भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त कुर्न जाने सर्वसाधारणबाट शुल्क लिने परिपाटीको आलोचना गरीन्। विकसित मुलुकहरूमा शुल्क तिरेर सुविधासम्पन्न लाउन्जमा बस्ने विकल्प हुने भएपनि नेपालमा न्युनतम पूर्वाधार समेत नभई शुल्क मात्र असुलिएको उनको तर्क छ ।
विमानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विषयमा टिप्पणी गर्दै सांसद भण्डारीले त्यहाँका ¥याम्प र लिफ्टहरू जोखिमपूर्ण रहेको बताइन् । नेपाल आउने पर्यटक र वैदेशिक रोजगारीबाट फर्कने नेपालीका लागि विमानस्थल नै पहिलो प्रभाव हुने भएकाले यसको सुधारमा गम्भीर हुनुपर्ने उनको धारणा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र सेवा शुल्कमा भइरहेको मनोमानीप्रति आपत्ति जनाएका छन् । सांसद खरेलले विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ० को प्रतिवेदनलाई बेवास्ता गरिएको र नागरिकमाथि आर्थिक भार थपिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद खरेलले मुलुक ‘ग्रे लिस्ट’ मा पर्नुको एउटा कारण विमानस्थलको फितलो सुरक्षा व्यवस्था हुनसक्ने औंल्याउँदै आईकाओको प्रतिवेदन तत्काल अध्ययन गर्न माग गरेका छन् । विमानस्थलको भौतिक सुरक्षामा देखिएको गम्भीर त्रुटीबारे चर्चा गर्दै उनले व्यापारिक लाभका लागि सुरक्षा मापदण्ड मिचिएको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij