Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

गृहमन्त्री गुरुङले मागे माफी

गृहमन्त्री गुरुङले मागे माफी


  • 2.2K
    Shares

    गृहमन्त्री गुरुङले मागे माफी
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग भएको चर्काचर्कीका क्रममा आफ्नो भाषा र शैली रुखो भएको स्वीकार गर्दै माफी मागेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सांसदहरूसँग विवाद भएपछि उनले रोष्ट्रमबाटै क्षमायाचना गरेका हुन् ।

    निर्मला पन्त हत्या प्रकरणबारे सांसदहरूले प्रश्न उठाएपछि मन्त्री गुरुङ आक्रोशित हुँदै जवाफ दिएका थिए । उनले ‘मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै चेतावनीपूर्ण शैलीमा अभिव्यक्ति दिएपछि उनको व्यवहारको सदनमा आलोचना भएको थियो ।

    आलोचनापछि पुनः सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूबाट अभिव्यक्तिको क्रममा कमजोरी भएको भन्दै माफी मागे । उनले भने, “हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो । यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु ।”

    मन्त्री गुरुङले आफू नयाँ भएकाले अनुभवी सांसदहरूबाट सिक्ने क्रममा रहेको उल्लेख गर्दै आफ्नो शैलीलाई सहज रूपमा लिन आग्रह गरे ।

    तर उनले विपद् व्यवस्थापनसम्बन्धी छलफलमा अन्य राजनीतिक विषय जोडिएकोप्रति भने असन्तुष्टि जनाए । “विपद् व्यवस्थापनको विषयमा छलफल भइरहेको थियो, तर विषयकेन्द्रित नभएर निर्मला पन्त हत्याकाण्ड जोडियो । निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के हो ?” उनले प्रश्न गरे ।

    मन्त्रीले आफ्नो व्यवहारप्रति क्षमा मागेपछि राष्ट्रिय सभाको बैठकको वातावरण केही सहज बनेको थियो ।

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १५:१९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij