Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

राउटे समुदायकी एक महिलाको मृत्यु, जनसङ्ख्या १३२ मा झर्‍यो

राउटे समुदायकी एक महिलाको मृत्यु, जनसङ्ख्या १३२ मा झर्‍यो


  • 771
    Shares

    राउटे समुदायकी एक महिलाको मृत्यु, जनसङ्ख्या १३२ मा झर्‍यो
    images

    काठमाडौं । लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन् । 

    उनी राउटे समुदायका मुखीया मध्येका एक प्रकाश शाहीकी आमा हुन् । राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार, उनी दीर्घरोगका बिरामी थिइन् ।

    फलाटो शाहीको मृत्युपछि अब राउटे समुदायको कुल जनसङ्ख्या १३२ मा झरेको छ । गत वर्ष साउन महिनामा उनीहरूको जनसङ्ख्या १३५ थियो । हाल राउटे पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन् ।

     

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १५:१३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij