Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

गृहमन्त्रीले सांसदलाई नै सोधे प्रश्न: तपाईंहरू सत्तामा हुँदा किन अनुसन्धान गर्नुभएन ?’

गृहमन्त्रीले सांसदलाई नै सोधे प्रश्न: तपाईंहरू सत्तामा हुँदा किन अनुसन्धान गर्नुभएन ?’


  • 764
    Shares

    गृहमन्त्रीले सांसदलाई नै सोधे प्रश्न: तपाईंहरू सत्तामा हुँदा किन अनुसन्धान गर्नुभएन ?’
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन्। राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

    उनले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय संघीय संसदमा नउठाउन समेत सांसदहरुलाई आग्रह गरेका छन् । प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषि पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मालालाई कहिलेसम्म न्याय दिलाउँछ रु’ भनि प्रश्न सोध्नुभएको थियो । 

    जवाफमा गृहमन्त्री गुरुङले तपाईंहरु सत्तामा हुँदा किन नगर्नुभएको ? भन्दै प्रतिप्रश्न गरेका छन् ।  गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति–सुरक्षा कायम राख्ने दायित्वअनुसार हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान निरन्तर भइरहेको बताएका छन्।

    उनले भने, ‘सरकार मुलुकमा शान्ती सुव्यवस्था कायम गर्नको लागि निरन्तर लागिरहेको छ । यो गृहमन्त्रालयको मुख्य जिम्मेवारी भएकोले पनि यस सचेत छ । हत्या, हिंसा, बलात्कार अगायतका अपराधहरुको अनुन्धान हामीले क्रमवद्ध रुपले गरिरहेका छौँ । माननीयज्यूले उठाउनुभएको विषय एकदमै संवदेनशील छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु । हजुरहरु सत्तामा हुँदा किन नगर्नुभएको हो ? यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सुक्ष्म रुपले अनुसन्धान गरेर नतिजा दिने हो रु त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन । यस विषयमा हामीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ । र अब आइन्दा यस्ता प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाइदिन पनि आग्रह गर्न चाहन्छु ।’

     

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १४:३६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij