Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

ग्यास नपाए उजुरी गर्न उद्योग मन्त्रालयले दियो नम्बर

ग्यास नपाए उजुरी गर्न उद्योग मन्त्रालयले दियो नम्बर


  • 827
    Shares

    ग्यास नपाए उजुरी गर्न  उद्योग मन्त्रालयले दियो नम्बर
    images

    काठमाडौं । पछिल्लो समय देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज बनेपछि सरकारले बजार अनुगमन र गुनासो सुनुवाइलाई तीव्र बनाएको छ ।

    ग्यास नपाएर उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि सर्वसाधारणसँग सहयोग मागेको हो ।

    उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यासको अभाव, बढी मूल्य असुली वा आपूर्तिमा समस्या देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

    मन्त्रालयका अनुसार कुनै पनि उपभोक्ताले ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी गरिएको वा वितरणमा समस्या देखिए मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी उजुरी गर्न सक्नेछन् ।

    उपभोक्ताबाट प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने मन्त्रालयले जनाएको छ ।

    पछिल्लो करिब २० दिनदेखि बजारमा एलपी ग्यासको आपूर्ति सहज हुन सकेको छैन । ग्यास डिपोहरूमा लामो लाइन लाग्ने गरे पनि धेरै उपभोक्ता खाली सिलिन्डर लिएर फर्किन बाध्य छन् ।

    ग्यास अभावको फाइदा उठाउँदै केही व्यवसायीले कृत्रिम अभाव सिर्जना गरी बढी मूल्य लिएको गुनासो आएपछि सरकारले प्रत्यक्ष उजुरीको व्यवस्था गरेको हो । 

     

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १४:२४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij