Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

स्वास्थ्य क्षेत्र संकटमा, सार्वजनिक अस्पताल नै ‘बिरामी’ बने : सांसद मल्ल

स्वास्थ्य क्षेत्र संकटमा, सार्वजनिक अस्पताल नै ‘बिरामी’ बने : सांसद मल्ल


  • 1.2K
    Shares

    स्वास्थ्य क्षेत्र संकटमा, सार्वजनिक अस्पताल नै ‘बिरामी’ बने : सांसद मल्ल
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले नेपालको स्वास्थ्य क्षेत्र गम्भीर संकटमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद मल्लले सार्वजनिक अस्पतालहरूको अवस्था कमजोर बन्दै गएको र प्रशासनिक नेतृत्व अभावका कारण नागरिकले समस्या भोग्नुपरेको बताएका हुन्।

    उनले नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवाको पहुँच खस्किँदै गएको भन्दै सार्वजनिक अस्पतालहरू आफैं ‘बिरामी’ बनेको टिप्पणी गरेका छन्। सरकारले अध्यादेशमार्फत विभिन्न निकायका पदाधिकारीहरूलाई एकमुष्ट हटाएपछि मन्त्रालय मातहतका ६ वटा परिषद्, ६ वटा स्वास्थ्य शैक्षिक प्रतिष्ठान र १९ वटा संघीय अस्पताल लामो समयदेखि नेतृत्वविहीन रहेको उनको भनाइ थियो।

    सांसद मल्लले वीर अस्पतालको उदाहरण दिँदै पदाधिकारी नियुक्ति नहुँदा खरिद प्रक्रिया प्रभावित भएको र चिकित्सकले प्रयोग गर्ने मास्क तथा पन्जासमेत बिरामीले उपलब्ध गराउनुपर्ने अवस्था आएको दाबी गरेका छन्।

    उनले वीर अस्पतालको एमआरआई र भेरी अस्पतालको सिटी स्क्यान मेसिन लामो समयदेखि बिग्रिएर सेवा प्रभावित हुँदा पनि सरकारको ध्यान नपुगेको आरोप लगाएका छन्।

    दुर्गम क्षेत्रमा चिकित्सकको अभाव अझै गम्भीर रहेको उल्लेख गर्दै उनले कर्णालीमा ७८ वटा चिकित्सक दरबन्दी खाली रहेको बताए। छात्रवृत्तिका चिकित्सकहरूलाई कार्यक्षेत्रमा पठाउने विषयमा पनि प्रभावकारी नीति आवश्यक रहेको उनको भनाइ थियो।

    सरकारले पर्याप्त तयारीबिना पदाधिकारी हटाउँदा स्वास्थ्य संस्थामा संस्थागत संकट उत्पन्न भएको भन्दै सांसद मल्लले योग्य व्यक्तिलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाउन नहुने धारणा राखे।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १३:०२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij