Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त


  • 848
    Shares

    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
    images

    काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो। मुख्यसचिव गोविन्दबहादुर कार्कीले साह नियुक्त भएको जानकारी दिएका छन्।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि आवेदन माग गरेको थियो। उक्त प्रक्रियामा निगमका पूर्वनिमित्त कार्यकारी निर्देशकसमेत रहेका साह उत्कृष्ट तीन जनाभित्र पर्न सफल भएका थिए।

    सिफारिस भएका अन्तिम तीन प्रतिस्पर्धीमध्ये साहसँगै कौशल केसी र सञ्जीवकुमार देव रहेका थिए। आयल निगममै लामो समय काम गरेको अनुभवका आधारमा साहलाई जिम्मेवारी दिने निर्णय गरिएको बताइएको छ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १२:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij