Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

स्वास्थ्य बीमाको १५ अर्ब बक्यौता भदौभित्रै भुक्तानी गर्ने सरकारको तयारी

स्वास्थ्य बीमाको १५ अर्ब बक्यौता भदौभित्रै भुक्तानी गर्ने सरकारको तयारी


  • 1.2K
    Shares

    स्वास्थ्य बीमाको १५ अर्ब बक्यौता भदौभित्रै भुक्तानी गर्ने सरकारको तयारी
    images

    काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी रहेको रकममध्ये १० देखि १२ अर्ब रुपैयाँ आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ ।

    प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले बीमा कार्यक्रमलाई व्यवस्थित र दीगो बनाउन विभिन्न सुधारको काम अघि बढाइएको जानकारी दिए ।

    उनका अनुसार अघिल्लो आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि करिब २४ देखि २५ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । करिब १५ अर्ब रुपैयाँ अझै बाँकी रहेकामा आवश्यक रुजु पूरा गरेर भदौभित्र १० देखि १२ अर्ब रुपैयाँ भुक्तानी गर्ने लक्ष्य रहेको छ ।

    सरकारले स्वास्थ्य बीमामा निजी अस्पतालतर्फको खर्च घटाउँदै सरकारी अस्पतालको सेवा सुधार गर्ने नीति लिएको छ । बीमा सेवाग्राहीमध्ये करिब ७ प्रतिशत निजी अस्पताल जाने गरे पनि बीमाको कुल खर्चको करिब एक चौथाइ त्यहाँ खर्च हुने मन्त्रालयको तथ्यांक छ ।

    बीमा कार्यक्रमलाई आत्मनिर्भर बनाउन सहभागिता बढाउने, औपचारिक क्षेत्रका कर्मचारीको तलबबाटै प्रिमियम कट्टी गर्ने र विपन्न नागरिकको प्रिमियम सरकारले व्यहोर्ने व्यवस्था गर्ने तयारी पनि भइरहेको छ । यसबाट वार्षिक २ देखि ३ अर्ब रुपैयाँ थप संकलन हुने अपेक्षा बोर्डले गरेको छ । त्यस्तै स्वास्थ्य बीमा ऐन संशोधन गरी स्थानीय तहका आधारभूत अस्पतालबाट सामान्य स्वास्थ्य परीक्षण र होलबडी चेकअप निःशुल्क गर्ने योजना पनि अघि बढाइएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १२:४०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij