Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

प्रतिनिधि सभाको एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक

प्रतिनिधि सभाको एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक


  • 1.1K
    Shares

    प्रतिनिधि सभाको एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक
    images

    काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ।

    संसद् सचिवालयले सार्वजनिक गरेको साउन १५ देखि भदौ १५ गतेसम्मको कार्यतालिका अनुसार यस अवधिमा प्रतिनिधि सभाको बैठक कुल १० दिन बस्नेछ।

    कार्यतालिका अनुसार साउन महिनामा २२, २४, २५ र २६ गते गरी चार दिन बैठक बस्नेछ भने भदौको पहिलो १५ दिनमा १, २, ३, ८, ९ र १० गते गरी थप ६ दिन बैठक सञ्चालन हुनेछ।

    यस अवधिमा प्रतिनिधि सभा विधेयकहरू पारित गर्ने तथा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल गर्ने कार्यमा केन्द्रित हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

    यस्तै, साउन २४ तथा भदौ ४, ५, ६ र ७ गते संसदीय समितिका बैठकका लागि समय छुट्याइएको छ। ती दिन प्रतिनिधि सभाको पूर्ण बैठक भने बस्ने छैन।

    संसद् सचिवालयले संसदीय गतिविधिलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन पाक्षिक कार्यतालिका कार्यान्वयनमा ल्याएको जनाएको छ।

    p2.jpgp1.jpg

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १२:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij