Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

मर्दी पदयात्रामा सम्पर्कविहीन तीनै पदयात्रीको सकुशल उद्धार

मर्दी पदयात्रामा सम्पर्कविहीन तीनै पदयात्रीको सकुशल उद्धार


  • 827
    Shares

    मर्दी पदयात्रामा सम्पर्कविहीन तीनै पदयात्रीको सकुशल उद्धार
    images

    काठमाडौं । मर्दी पदयात्रामा गई सम्पर्कविहीन भएका भनिएका तीनैजना पदयात्रीको सकुशल उद्धार गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै तीनैजनाको सकुशल उद्धार गरिएको जानकारी दिएका हुन्।

    मन्त्री पौडेलका अनुसार उद्धार गरिएका पदयात्रीहरूको आवश्यक स्वास्थ्य परीक्षण तथा अवस्थाको मूल्यांकनपछि परिवारको जिम्मा लगाइनेछ।

    उद्धारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने स्थानीयवासी, सुरक्षाकर्मी, उद्धार टोली तथा सम्बन्धित सबैप्रति मन्त्री पौडेलले आभार व्यक्त गरेका छन्।

    यसअघि मर्दी पदयात्रामा गएका तीनजना सम्पर्कविहीन भएको खबर सार्वजनिक भएपछि खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। अभियानअन्तर्गत उनीहरूलाई सकुशल फेला पारिएको हो।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - १२:०७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij