Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

‘ब्रोड पिक’मा मृत्यु भएका पर्वतारोही गुरुङको शव आज नेपाल ल्याइने

‘ब्रोड पिक’मा मृत्यु भएका पर्वतारोही गुरुङको शव आज नेपाल ल्याइने


  • 862
    Shares

    ‘ब्रोड पिक’मा मृत्यु भएका पर्वतारोही गुरुङको शव आज नेपाल ल्याइने
    images

    काठमाडौं । पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा मृत्यु भएका चर्चित पर्वतारोही पुरबहादुर गुरुङको शव आज  नेपाल ल्याइने भएको छ । 

    पाकिस्तानस्थित नेपाली दूतावासको समन्वयमा गुरुङको शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको हो । उनको शव आज काठमाडौं आइपुग्ने जनाइएको छ ।

    पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी गुरुङसहित केही पर्वतारोही बेपत्ता भएका थिए । उद्धार टोलीले खोजी गर्ने क्रममा गुरुङसहित केही आरोहीको शव फेला पारेको थियो ।  

    ब्रोड पिक दुर्घटनामा नेपालीसहित पाकिस्तान, ओमान, चीन र अमेरिकाका पर्वतारोही प्रभावित भएका थिए । दुर्घटनापछि उद्धार तथा शव पहिचानको काम पाकिस्तानका सम्बन्धित निकाय र पर्वतारोहण संस्थाहरूको समन्वयमा गरिएको थियो ।

    गुरुङको शव नेपाल ल्याएपछि परिवारलाई बुझाउने तयारी गरिएको छ । सरकारले पनि आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ११:३३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij