Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

राष्ट्रियसभाको बैठक आज बस्दै, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको जवाफ दिने

राष्ट्रियसभाको बैठक आज बस्दै, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको जवाफ दिने


  • 1.3K
    Shares

    राष्ट्रियसभाको बैठक आज बस्दै, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको जवाफ दिने
    images

    काठमाडौं । संघीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ । 

    दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्सपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन् ।  

    राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

    कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ०६:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij