Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

मल तस्करीको आरोपमा भारतीय जेलमा रहेका दुई नेपाली दाजुभाइ रिहा

मल तस्करीको आरोपमा भारतीय जेलमा रहेका दुई नेपाली दाजुभाइ रिहा


  • 1.1K
    Shares

    मल तस्करीको आरोपमा भारतीय जेलमा रहेका दुई नेपाली दाजुभाइ रिहा
    images

    काठमाडौं । रासायनिक मल तस्करीको आरोपमा एक महिनाभन्दा बढी समयदेखि भारतीय जेलमा रहेका सर्लाहीका दुई दाजुभाइ रिहा भएका छन् । उनीहरूलाई भारतको बिहार राज्यस्थित सीतामढी जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    डुमरा जिल्ला अदालतका सहयोगी विशेष न्यायाधीश अखिलेश कुमार झाको एकल इजलासले बुधबार सर्लाहीको बलरा नगरपालिका–५ निवासी ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    गत जुलाई १ मा उनीहरूलाई सीमावर्ती भारतीय सहर सोनवर्षाबाट दुई बोरा युरिया र ६ बोरा डीएपी मल लिएर नेपाल फर्किने क्रममा भारतको सशस्त्र सीमा बल र कृषि विभागको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

    उनीहरूले उक्त मल आफ्नै खेतमा प्रयोग गर्नका लागि ल्याएको बताएका थिए ।

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १८:४७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij