Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

मल किन्न भारत पुगेका सर्लाहीका दुई नेपालीलाई धरौटीमा छाड्न अदालतको आदेश

मल किन्न भारत पुगेका सर्लाहीका दुई नेपालीलाई धरौटीमा छाड्न अदालतको आदेश


  • 1.0K
    Shares

    मल किन्न भारत पुगेका सर्लाहीका दुई नेपालीलाई धरौटीमा छाड्न अदालतको आदेश
    images

    काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बुधबार दुवै जनालाई छाड्न अदालतले आदेश आएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिएका छन् ।

    अविनाशले भने, “धरौटीमा छाड्न आदेश भएको छ। भारतकै आधार कार्ड भएका दुई जना साक्षी बसेपछि भोलि छुट्नुहुन्छ।”

    उनीहरू बिहिबार मात्र छुट्ने भएका छन् । सुरेशप्रसाद र नागेन्द्रप्रसाद भारतको सीतामढी जिल्लाको सोनबर्षाबाट १७ असारमा पक्राउ परेका थिए । १८ असारमा जेल चलान भएका उनीहरूको रिहाइको माग राखेर दर्ता भएको निवेदनमाथि १५ साउनमा सुनुवाई हुने भनिएको थियो ।

    न्यायाधीश बिदा बसेका कारणले बुधबार बल्ल सुनुवाइ भएको हो । उनीहरूलाई डिएपी र युरिया मल लिएर आउँदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो ।

     

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १६:३१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij