Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

संसदीय समितिको बैठकमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति

संसदीय समितिको बैठकमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति


  • 876
    Shares

    संसदीय समितिको बैठकमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले एम्नेस्टी इन्टरनेशनलको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। 

    बुधवार बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’का विषयमा छलफल भइरहँदा सांसद न्यौपानेले उक्त धारणा राखेका हुन् । 

    समितिले छलफलका लागि एम्नेस्टी इन्टरनेशनललाई आमन्त्रण गरे पनि संस्थाका प्रतिनिधि उपस्थित नभएपछि सांसद न्यौपानेले असन्तुष्टि व्यक्त गरेका छन् । नेपालको सार्वभौम संसदले बोलाउँदा उपस्थित नहुनु वा लिखित जवाफ समेत नपठाउनु गैरजिम्मेवारपन भएको उनको तर्क छ । उनले एम्नेस्टी इन्टरनेशनलका गतिविधिप्रति विश्वस्तरमै प्रश्न उठिरहेको सन्दर्भमा नेपाल अब चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । 

    राष्ट्रियता र सार्वभौमिकताका सवालमा नेपालीहरू सदैव एकजुट हुने उल्लेख गर्दै उहाँले विगतका विनाशकारी भूकम्प र नाकाबन्दीको समयमा झैँ अहिले पनि राष्ट्रियताको रक्षाका लागि सबै पक्ष एक ठाउँमा रहेको बताएका छन् । 

    सांसद न्यौपानेले भने, ‘संसारको जुनसुकै कुनामा भएपनि नेपालको सार्वभौम संसद्ले बोलाउँदा कि त उपस्थित हुनुपथ्र्यो, कि लिखित रूपमा आफ्नो धारणा पठाउनुपथ्र्यो । अन्तर्राष्ट्रिय कानून र आफ्नै विधानले दिएको अधिकार प्रयोग गर्दा जवाफदेहीता पनि हुनुपर्छ । आज हामी यहाँ कुनै दल वा विचारका रूपमा होइन, नेपालीका रूपमा उपस्थित छौँ । भूकम्प र नाकाबन्दीका बेला झैँ अहिले राष्ट्रियताको सवालमा हामी सबैको एउटै स्वर छ ।’ 

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १२:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij