Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

सिरहामा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

सिरहामा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ


  • 673
    Shares

    सिरहामा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
    images

    काठमाडौं । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा १९ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास र २० वर्षीय साबरजित दास रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार मंगलबार राति फुलबारीबाट आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी सितापुरबाट प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादवको नेतृत्वमा खटिएको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो । सो क्रममा साबरजित दासको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ।

    एसपी पाठकका अनुसार पक्राउ परेका तीनैजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी चौकी सितापुरबाट इलाका प्रहरी कार्यालय लहान ल्याइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - ११:१८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij