Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

विराटनगरमा सबैभन्दा बढी वर्षा

विराटनगरमा सबैभन्दा बढी वर्षा


  • 890
    Shares

    विराटनगरमा सबैभन्दा बढी वर्षा
    images

    काठमाडौं । देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही साउन १८ गते बिहान ८ः४५ देखि साउन १९ गते बिहान ८ः४५ बजेसम्म ४३७ वर्षा मापन केन्द्रमा अभिलेखीकरण भएको विवरणमध्ये ३६५ केन्द्रमा वर्षा भएको र मोरङको विराटनगर विमानस्थल केन्द्रमा सबैभन्दा बढी १५१.६ मिलिमिटर वर्षा अभिलेख गरिएको हो ।

    सोही अवधिमा देशभरका ८७ केन्द्रबाट तापक्रमको विवरण सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ । न्यूनतम तापक्रम रुपन्देहीको तौलिहवामा २९.१ डिग्री सेल्सियस र अधिकतम तापक्रम सिराहाको लहानमा ३७.२ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा कम न्यूनतम तापक्रम मुस्ताङको थाकमार्फामा ९.५ डिग्री सेल्सियस तथा सबैभन्दा कम अधिकतम तापक्रम सोलुखुम्बुको लुक्लामा १६.१ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १०:४६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij