Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

कप्तानगञ्ज घटनाका मृतक मेहताको शव बुझ्न अस्वीकार, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

कप्तानगञ्ज घटनाका मृतक मेहताको शव बुझ्न अस्वीकार, गृहमन्त्री गुरुङ अस्पताल जाँदै


  • 1.1K
    Shares

    कप्तानगञ्ज घटनाका मृतक मेहताको शव बुझ्न अस्वीकार, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
    images

    काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव आफन्तहरूले बुझ्न अस्वीकार गरेका छन्।

    त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएका मेहताको शव राखिएको स्थानमै आफन्तहरूले धर्ना दिएका छन्। उनीहरूले गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भएर आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्।

    आफन्तहरूले माग पूरा नभएसम्म शव नउठाउने बताएका छन्। यही मागपछि गृहमन्त्री गुरुङ त्रिवि शिक्षण अस्पताल जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

    गृहमन्त्री गुरुङ दिउँसोदेखि नै हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छलफलमा थिए। उक्त छलफल सकिएपछि उनी केहीबेरमै अस्पताल पुग्ने तयारीमा रहेको उनी निकट स्रोतको भनाइ छ।

    सुनसरीको कप्तानगञ्ज घटनापछि मृतकका परिवार र स्थानीयले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाहीलगायतका माग राख्दै आएका छन्।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १७:१०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij