Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

चीन जाँदै कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा

चीन जाँदै कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा


  • 1.0K
    Shares

    चीन जाँदै कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा
    images

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज चीन जाँदै छन्। 

    उपसभापति शर्माको सचिवालयका अनुसार उनी आज राति चीनको पाँच दिने भ्रमणमा जान लागेका हुन्। उपसभापति शर्मा एक्लै जान लागेको बुझिएको छ। 

    कांग्रेस नेताहरूका अनुसार चीनमा शर्माले राजनीतिक भेटघाट पनि गर्ने भएका छन्। शर्माको सचिवालयले पाँच दिने भ्रमणको तालिकाबारे भने जानकारी गराउन चाहेन। 

    कांग्रेसमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला शर्मा चीन भ्रमणमा जान लागेका छन्। कांग्रेसको संस्थापन इतर पक्षले साउन २९-३१ मा काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। 

    यस्तैबीच कांग्रेसले साउन २४ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। शर्मा केन्द्रीय समिति बैठकअघि नै चीनबाट फर्किसक्ने छन्।

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १८:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij