Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

ज्योति रानाभाटको अनसन पाँचौँ दिनमा, वीर अस्पतालअघि नर्सहरूको प्रदर्शन

ज्योति रानाभाटको अनसन पाँचौँ दिनमा, वीर अस्पतालअघि नर्सहरूको प्रदर्शन


  • 1.1K
    Shares

    ज्योति रानाभाटको अनसन पाँचौँ दिनमा, वीर अस्पतालअघि नर्सहरूको प्रदर्शन
    images

    काठमाडौं ।  नर्समाथि भइरहेको श्रम शोषण अन्त्य गर्न र आफ्ना मागप्रति सरकार गम्भीर बन्नुपर्ने माग गर्दै नर्सहरूले सोमबार वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्।

    प्रदर्शनमा सहभागी नर्सहरूले सरकारले नर्सहरूको समस्या समाधानमा आवश्यक चासो नदेखाएको आरोप लगाउँदै प्लेकार्डसहित विरोध जनाएका थिए। उनीहरूले गुणस्तरीय नर्सिङ शिक्षा, बिरामी सुरक्षाको सुनिश्चितता, सम्मानजनक सेवा–सुविधा र श्रम अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्।

    यसैबीच, आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाटको अनसन पाँचौँ दिनमा पुगेको छ। आन्दोलनरत नर्सहरूले रानाभाटले उठाएका मागहरू यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीर अस्पतालका नर्सहरू पनि प्रदर्शनमा सहभागी भएका थिए।

    उता, नेपाल चिकित्सक सङ्घले पनि सोमबार विज्ञप्ति जारी गर्दै अनसनरत रानाभाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ। सङ्घले उनका जायज माग वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ। हाल रानाभाटको वीर अस्पतालको आइसियुमा उपचार भइरहेको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भने रानाभाटका मागबारे वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको बताएकी छन्। आन्दोलनरत नर्सहरूले भने नर्सिङ क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी स्पष्ट कार्यान्वयन योजना र सरकारी सुनिश्चितता आवश्यक रहेको बताएका छन्।

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १३:२५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij