Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने


  • 1.1K
    Shares

    ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
    images

    काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।

    राहदानी विभागले बुधबार सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म सेवा अवधि विस्तार गरी दुई सिफ्टमा राहदानी सेवा सञ्चालन गरिने जनाएको हो। विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने भएको छ।

    यस्तै, सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विभागबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ।

    r_SIH9pPyKB7.jpg

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १८:०४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij