२०८३ कार्तिक १ गते शनिवार
काठमाडौं । चुरे तथा वन जङ्गल संरक्षण अभियानले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ।
महोत्तरीको बर्दिबास कालापानीस्थित महोत्तरी डिभिजन वन कार्यालयका सात जना कर्मचारीलाई ६–७ घण्टा बन्धक बनाएको र उनीहरू सवार गाडीमा आगजनी गरेको घटनाको विरोधमा प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीहरूले घटनामा संलग्न समूहलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
चुरे तथा वन जङ्गल संरक्षण अभियानले वन संरक्षणमा खटिएका कर्मचारीमाथि भएको आक्रमण गम्भीर अपराध भएको भन्दै दोषीलाई उन्मुक्ति दिन नहुने जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij