Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

मुग्लिन-नारायणगढ सडकमा राति गाडी चलाउन रोक

मुग्लिन-नारायणगढ सडकमा राति गाडी चलाउन रोक


  • 1.9K
    Shares

    मुग्लिन-नारायणगढ सडकमा राति गाडी चलाउन रोक
    images

    काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढ-मुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

    मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढ तर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकोले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

    मंगलबार दिउँसो दुई पटक पहिरो पन्छाएर सो सडकखण्डमा सवारीआवगमन सुचारु गरिएको थियो ।

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १८:३४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij