Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रोल्पाका तीन बालिकाले पाउने भए उच्च शिक्षासम्म निःशुल्क अध्ययन

रोल्पाका तीन बालिकाले पाउने भए उच्च शिक्षासम्म निःशुल्क अध्ययन


  • 666
    Shares

    रोल्पाका तीन बालिकाले पाउने भए उच्च शिक्षासम्म निःशुल्क अध्ययन
    images

    काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेका रोल्पाका तीन बालिकाले अब उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्।

    रुन्टीगढी गाउँपालिका–४ टोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्ती वर्षायाममा हिलो बाटो हुँदै विद्यालय जाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। गुलाबी, हरियो र पहेँलो रेनकोट लगाएका तीन बालिकाको संघर्ष र विद्यालयप्रतिको लगावले धेरैको मन छोएको थियो।

    भाइरल भिडियोपछि उनीहरूको शिक्षाका लागि सहयोग जुटेको हो। सुर्पाल बजारस्थित एड्भान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलले कक्षा ६ सम्मको सम्पूर्ण अध्ययन निःशुल्क गराउने घोषणा गरेको छ भने कक्षा ७ देखि स्नातक तहसम्मको जिम्मेवारी रुन्टीगढी गाउँपालिकाले लिने भएको छ।

    समाजसेवी तथा पत्रकार भुवन थापाको पहलमा गाउँपालिका अध्यक्ष जनक पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन र भिडियो खिच्ने लोकेन पुनले बालिकाको घरमै पुगेर अभिभावकसँग छलफल गरेका थिए।

    तीनै बालिका सामान्य परिवारका हुन्। उनीहरूका बुबा रोजगारीका लागि विदेशमा रहेका छन्। आर्थिक अभावका कारण पढाइ रोक्न नपरोस् भन्ने उद्देश्यले उनीहरूको शिक्षाको जिम्मेवारी लिइएको हो।

    सामाजिक सञ्जालमा फैलिएको एउटा प्रेरणादायी भिडियोले तीन बालिकाको भविष्य उज्यालो बनाउने बाटो खोलेको छ। अब उनीहरू निर्धक्क भएर आफ्नो सपना पूरा गर्न अघि बढ्न सक्ने भएका छन्। 

    images
    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १०:५३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij