Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा, भोलि कालो पट्टी बाँधेर काम गर्ने

शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा, भोलि कालो पट्टी बाँधेर काम गर्ने


  • 995
    Shares

    शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा, भोलि कालो पट्टी बाँधेर काम गर्ने
    images

    काठमाडौं । शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का केही प्रावधानहरू खारेजीको माग गर्दै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् ।

    काठमाडौंमा आज व्यवसायीहरूसम्बद्ध विभिन्न सङ्घ संस्थाहरूले पत्रकार सम्मेलन गरी सरकारले वार्ता र समस्या समाधानका लागि पहल नगरे जिल्ला प्रशासन कार्यालयमा चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिएका हुन् । 

    भोलि बिहीबार कार्यालयमा कालो पट्टी बाँधेर नियमित काम गर्ने र साउन १ गते बिहान ११ बजेदेखि देखि साढे ११ बजेसम्म काठमाडौंका विभिन्न स्थानहरूमा प्लेकार्डसहित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने तय गरिएको छ । 

    संयुक्त सङ्घर्ष समितिका संयोजक गुरुङले निजी क्षेत्रलाई नियन्त्रण र निरुत्साहित गर्ने नीति त्याग्न र नियमावलीका अव्यवहारिक व्यवस्थाहरू खारेज वा संशोधन गर्न माग गरे । व्यवसायीहरूले हाल रहेको १ वर्षको अनुमति पत्रको अवधि र नवीकरणको झन्झटिलो व्यवस्थालाई परिवर्तन गरी ५ वर्ष कायम गर्न माग गरेका छन् । 

     

    images
    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १५:२४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij