Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश


  • 1.3K
    Shares

    नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश
    images

    काठमाडौं । जुड बेलिंघमकाे दुई गोल मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड ८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो पटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुआती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

    खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । नर्वेले त्यसलाई जोगाउन सकेन । त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जुड बेलिंघमले बराबरी गोल फर्काए ।

    दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

    इंग्ल्यान्ड अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।

    इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।

    images
    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - ०६:४५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij