Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने

नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने


  • 3.6K
    Shares

    नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने
    images

    काठमाडौं । नेपालका पाँच खेलाडी जापानमा आयोजना हुने ३२औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने भएका छन् ।आगामी जुलाइ ३० देखि अगष्ट ७ तारिखसम्म जापानको नारिता शहरमा ३२ औं विश्व चिल्ड्रेन्स बेसबल फेयर आयोजना हुँदै छ । 

    १० देखि १२ वर्ष उमेर समूहका पाँच खेलाडीले बेसबलको क्लिनिक र प्रतियोगितामा सहभागी हुने भएका छन् । दुई गल्र्स र तीन जना ब्वाइज बेसबल फेयरमा सहभागी हुनेछन् । त्यसका लागि एक प्रशिक्षक र पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहले टोलीलाई सफलताको शुभकामना दिँदै सोमबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

    वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको पूर्ण छात्रवृत्ति १२ वर्षमुनिका नेपाली खेलाडीले सहभागिता जनाउन लागेका हुन् । पछिल्लो ६\७ वर्षयता नेपालले यो छात्रवृत्तिका लागि प्रयास गर्दै आइरहेको थियो । ब्वाइजमा अभिनय श्रेष्ठ, संकल्प पौडेल र युएल रोक्काले सहभागिता जनाउने छन् । गल्र्समा भूमिका खड्का र खुशी श्रेष्ठ छन् । उनीहरूको प्रशिक्षकमा विपिन वज्राचार्य छन् । फेयरमा नेपालसहित अस्ट्रेलिया, केन्या, क्यानडा, मलेसिया, सिंगापुर, चाइनिज ताइपेइ, भियतनाम, सिंगापुर, जापान, जर्मनी, अमेरिका र फिलिपिन्स गरी १४ राष्ट्रको सहभागिता रहनेछ । 

    नेपाली खेलाडीले फेयरका दौरान क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेम (एनपिबी) को अवलोकन गर्ने अवसर पनि पाउनेछन् । खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसँग मिलेर मैत्रीपूर्ण प्रतियोगिता पनि खेल्ने छन् । नेपाल बेसबल तथा सफ्ट संघका अध्यक्ष दिपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउण्डेसनले प्रायोजन गरेको बताए । सहभागी नेपाली खेलाडीले जनही करिव १ लाख रुपैयाँ बराबरको खेल सामाग्री र पोशाक पनि प्राप्त गर्नेछन् । 

    images
    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १७:१४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij