Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीको राष्ट्रहित विरोधी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ : भीम रावल

ओलीको राष्ट्रहित विरोधी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ : भीम रावल


  • 7.7K
    Shares

    ओलीको राष्ट्रहित विरोधी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ : भीम रावल

    काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आफूले ५ दिनअघि गरेको अनुमान मन्त्रिपरिषद् पुनर्गठनले पुष्टि गरेको दाबी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा मन्त्री हेरफेर गरेको भोलिपल्ट शनिबार बिहान विज्ञप्ति जारी गरी पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले प्रधानमन्त्री ओलीले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्ति रिझाउने भनेर गरेको अनुमान सही साबित भएको बताएका हुन् ।

    ‘मैले ५ दिनअघि उहाँले आफूसँग ५ मन्त्रालय राखेर बाह्य शक्तिलाई मक्ख पार्न अरू मन्त्रालय जसपा (महन्थ) लाई धूपबत्ती गर्न सक्ने कुरा व्यंग्यात्मक रूपमा ट्विट गरेको थिएँ,’ नेता रावलले भनेका छन्, ‘त्यसको जेठ २१ गते (हिजो) को मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भयो।’

    शनिबार बिहान वक्तव्यसहित रावलले ट्विटरमा लेखेका छन्, ‘प्रम केपीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको छ।’

    हेर्नुहोस्, रावलले जारी गरेको वक्तव्य :

    111.jpg

    प्रकाशित मिति :जेठ २२ २०७८ शनिवार - ११:४१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij