२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बेलुका ६ बजे बस्ने भएको छ।
नियमित मन्त्रिपरिषद् बैठक भनिएपनि विभिन्न कारागारमा रहेका जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ता रिहा र मुद्धा फिर्ता सम्बन्धी केही निर्णय हुन सक्ने आकलन गरिएको छ।
अरु नियमित काम कारबाहीका विषयमा बैठकमा छलफल हुने एक मन्त्रीले बताए। मन्त्रिपरिषद् बैठकअघि जसपाका अध्यक्ष महन्थ ठाकुर तथा नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
सरकार र थारुहट संघर्ष समितिबीच हालै भएको वार्तामा टीकापुर घटनालगायत विभिन्न आन्दोनमा पक्राउ परेका र मुद्दा चलेकाहरूको रिहाइ र मुद्दा फिर्ताको पहल गर्ने सहमति भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij