Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

नेता सिंहमाथिको आक्रमणप्रति सांसद महरको आपत्ति

नेता सिंहमाथिको आक्रमणप्रति सांसद महरको आपत्ति


  • 1.3K
    Shares

    नेता सिंहमाथिको आक्रमणप्रति सांसद महरको आपत्ति
    images

    काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा भएको साङ्घातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले यस घटनाबारे सदनलाई जानकारी गराएका हुन् ।

    सांसद महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा भएको साङ्घातिक आक्रमणको घटनाप्रति पनि आपत्ति जनाएका छन् । रास्वपा सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट घर फर्कने क्रममा गत असार १ गते राति ७–८ जनाको समूहले सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको उनले जानकारी दिएका छन् । 

    आक्रमणकारीहरूले सिंहलाई घाइते बनाउनुका साथै उनको साथमा रहेको ल्यापटप, मोबाइल, घडी र सुनको सिक्री समेत लुटेको सांसद महरले सदनलाई बताएका छन्। सिंह गत प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट रास्वपाको उम्मेदवारका रूपमा लोकप्रिय मत प्राप्त गर्ने नेता हुन् । उक्त घटनालाई लिएर सांसद महरले मुलुकमा अराजकता र दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

    आफ्नै पार्टी सरकारको नेतृत्वमा रहेको अवस्थामा समेत जिम्मेवार नेतामाथि आक्रमण हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको उनको भनाइ छ । उनले घाइते सिंहको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

    सांसद महरकाअनुसार बझाङ जिल्ला, केदारस्युँ गाउँपालिका–६ का दीपक धामीको जापानको ओसाकामा असामयिक निधन भएको छ । अध्ययन र रोजगारीका लागि ठूलो रकम ऋण लिएर एक वर्षअघि मात्र जापान पुगेका धामीको निधनले परिवार स्तब्ध भएको र उनीहरूको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको उनले बताएका छन् ।

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १२:३४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij