Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चुरेको ढुंगा-बालुवा निकासी कार्यक्रम जनविरोधी हो, सबैले प्रतिरोध गरौं : गगन थापा

चुरेको ढुंगा-बालुवा निकासी कार्यक्रम जनविरोधी हो, सबैले प्रतिरोध गरौं : गगन थापा


  • 7.5K
    Shares

    चुरेको ढुंगा-बालुवा निकासी कार्यक्रम जनविरोधी हो,  सबैले प्रतिरोध गरौं :  गगन थापा

    काठमाडौँ । सरकारले बजेटमार्फत प्रस्तुत गरेको ढुंगा, बालुवा, गिटी निकासी कार्यक्रम जनविरोधी भएको आरोप लगाउँदै नेपाली कांग्रेसका नेता गगन थापाले यसको विरोध गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

    थापाले भनेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ‘ढुंगा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ । वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ, प्रस्ट भएको छ ।’

    यो नीतिगत भ्रष्टाचार भएको दाबी गर्दै विघटित संसदका सांसदसमेत रहेका थापाले आफ्ना ‘यार’लाई पोस्न सरकारले यस्तो कार्यक्रम ल्याएको आरोप लगाएका छन् । साथै यो कार्यक्रम तराईलाई मरुभूमि बनाउने प्रयत्न भएको आरोप लगाउँदै यसलाई रोकेरै छाड्ने दाबी पनि गरेका छन् ।

    थापाले भनेका छन्, ‘आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमीकरण गर्न उद्दत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौं ।’ 

    सरकारले ‘जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रम’ भन्दै नेता थापाले यसको विरोधमा उत्रिन जनप्रतिनिधि,  आम नागिरक, पत्रकारलगायत सबै सरोकारवालाई आह्वान गरेका छन् ।

    थापाले भनेका छन्, ‘अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अनदेखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौं नै । आम जनता, सञ्चारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु ।’

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - ११:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij