Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

पार्टी मिलाउन विधानको परिधिभित्र रहेर जे पनि गर्न तयार छु: गगन थापा

पार्टी मिलाउन विधानको परिधिभित्र रहेर जे पनि गर्न तयार छु: गगन थापा


  • 2.8K
    Shares

    पार्टी मिलाउन विधानको परिधिभित्र रहेर जे पनि गर्न तयार छु: गगन थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर जे पनि गर्न तयार रहेको बताएका छन् । 

    प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति थापाले १५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन सकिन्छ, त्यो गर्न तयार रहेको बताए । 

    ‘१४ औँ महाधिवेशनबाट निर्वाचित बाहिर हुनुहुन्छ । उहाँहरू चाहनेलाई केन्द्रीय समितिमा ल्याएर सम्मान दिएर राख्न चाहन्छु,’ सभापति थापाले भने, ‘महाधिवेशनका विषयमा बन्ने समितिमा फेयर बनाउनका लागि क–कसलाई कहाँ राख्ने भन्नेमा तयार छु । विधानको परिधिमा रहेर गर्छु । यो मेरो सार्वजनिक प्रतिबद्धता हो ।’

    सभापति थापाले पार्टीले गर्ने निर्णयमा विशेष महाधिवेशनमा आएको र नआएको भन्ने विषयलाई आधार नबनाइने बताए । आफूले आफूभन्दा अग्रज नेताहरूलाई घरमै पुगेर भेटेर मिलाउनका लागि जे पनि गर्न तयार रहेको हात जोडेर भनेको पनि बताए ।

    images
    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १६:२१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij