Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

नेप्सेमा सामान्य वृद्धि, ३ कम्पनी बढे १५ प्रतिशत

नेप्सेमा सामान्य वृद्धि, ३ कम्पनी बढे १५ प्रतिशत


  • 526
    Shares

    नेप्सेमा सामान्य वृद्धि, ३ कम्पनी बढे १५ प्रतिशत

    काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन शुक्रवार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १।५४ अंकले बढेर २,७८८ को विन्दुमा कायम भएको छ ।

    आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५१ कम्पनीको १ करोृड २१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ ।

    बैंकिङ ०.२२, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.२५, उत्पादन तथा प्रशोधन ०.६६ तथा व्यापार ०.५८ प्रतिशत बढेको छ ।

    अन्य समूह सबैभन्दा धेरै १.०२ प्रतिशत घटेको छ  । त्यस्तै निर्जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.३५, जीवन बीमा ०.२६, लगानी ०.०२ तथा फाइनान्स ०.६२ प्रतिशत घटेको छ ।

    तीन कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १२.६२ तथा श्रीनगर एग्रिटेकको ४.९१ प्रतिशत मूल्य बढेको छ  ।

    आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको २७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २४ करोड ४४ लााख रुपैयाँको शेयर कारोबार भएको छ ।

    share.JPG

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १५:३२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij