२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । क्रिकेटर आदिल आलम सवारी दुर्घटनामा परेर घाइते भएका छन् । शुक्रबार आदिल बाराको सिमरनगौढस्थित जोलाही टोलनजिक मोटरसाइकल दुर्घटनामा परेका हुन् ।
दुर्घटनास्थल र उनको घर नजिकै रहेको खुलेको छ । आदिलाई दुर्घटनालगतै उपचारका लागि बाराको एलएस न्युरो एन्ड जेनरल अस्पतालमा लगिएको थियो ।
आदिलले सन् २०२२ मा पपुआ न्युगिनीविरुद्ध खेल्दै नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । त्यसैगरी, सोही वर्ष पियरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट खेल्दै आदिलले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij