Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

नेपाली बजारमा ग्यालेक्सी एस २६ अल्ट्राको नयाँ रङ: ‘स्काइ ब्ल्यू’ भेरियन्ट सार्वजनिक

नेपाली बजारमा ग्यालेक्सी एस २६ अल्ट्राको नयाँ रङ: ‘स्काइ ब्ल्यू’ भेरियन्ट सार्वजनिक


  • 645
    Shares

    नेपाली बजारमा ग्यालेक्सी एस २६ अल्ट्राको नयाँ रङ: ‘स्काइ ब्ल्यू’ भेरियन्ट सार्वजनिक

    काठमाडौं । सामसङ नेपालले बिहीबार आफ्नो फ्ल्यागशिप स्मार्टफोन लाइनअपमा एउटा नयाँ र फ्रेस स्काइ ब्ल्यू रङको ग्यालेक्सी एस २६ अल्ट्रा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

    सुन्दरता, व्यक्तित्व र आधुनिक स्टाइल झल्काउने गरी तयार गरिएको Sky Blue Edition ले प्रदर्शनसँगै स्टाइल रुचाउने प्रयोगकर्ताका लागि कुल र आकर्षक विकल्प थपेको छ।

    स्काइ ब्लु भेरियन्टको आगमनले सामसङले नेपाली उपभोक्ताहरूको बदलिँदो चाहनाअनुसार स्थानीय विकल्पहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता झन् प्रष्ट बनाएको छ। खुला आकाश र अनन्त सम्भावनाबाट प्रेरित यो नयाँ रङले आशावाद र क्रिएटिभिटीको भावना बोकेको छ, जसले प्रयोगकर्तालाई आफूलाई स्वतन्त्र रूपमा व्यक्त गर्न सशक्त बनाउने ब्रान्डको भिजनसँग उत्कृष्ट रूपमा मेल खान्छ।

    ग्यालेक्सी S26 अल्ट्रा को स्काइ ब्ल्यू भेरियन्टसँग अब आकर्षक अफर आएको छ। यो भेरियन्ट खरिद गर्दा ग्यालेक्सी Buds4 मा ६० प्रतिशत छुट पाइनेछ। यो अफर अप्रिल २३ देखि ३० सम्म मात्र मान्य छ। साथै ६ हजार ४५२ रूपैयाँ प्रति महिनाबाट सुरु हुने २४ महिनासम्मको इएमआई सुविधाले अब यो फोन किन्न झन् सजिलो बनाएको छ।

    यसको आकर्षक नयाँ लुकसँगै, ग्यालेक्सी S26 अल्ट्राले सामसङको गुणस्तर, भरपर्दो र नेपालभरि उपलब्ध बिक्रीपछिको सेवाट समर्थित एक समग्र इकोसिस्टम अनुभव प्रदान गर्दछ। ग्राहकहरूले इएमआइ सुविधा लगायत विभिन्न सहज खरिद विकल्पहरूको लाभ लिन सक्नेछन्, साथै अधिकृत रिटेल साझेदारहरूमार्फत देशभर उपलब्ध हुनेछ।

    ग्यालेक्सी S26 अल्ट्राको स्काइ ब्ल्यू भेरियन्ट अब देशभरका सामसङका अधिकृत स्टोर र रिटेल आउटलेटहरूमा उपलब्ध छ । आगामी दिनहरूमा थप आकर्षक अफरहरू पनि आउनेछन्। यो डिभाइसलाई Hulas Finserve Pvt. Ltd. मार्फत Insta Finance बाट अधिकतम २४ महिनासम्मको सजिलो इमआइ सुविधामा पनि किन्न सकिन्छ।

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १६:४७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij