Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

सुकुमबासी व्यवस्थापनको नयाँ मोड: रङ्गशालामा स्क्रिनिङ गरेर मात्रै बसोबासको प्रबन्ध मिलाइने

सुकुमबासी व्यवस्थापनको नयाँ मोड: रङ्गशालामा स्क्रिनिङ गरेर मात्रै बसोबासको प्रबन्ध मिलाइने


  • 995
    Shares

    सुकुमबासी व्यवस्थापनको नयाँ मोड: रङ्गशालामा स्क्रिनिङ गरेर मात्रै बसोबासको प्रबन्ध मिलाइने

    काठमाडौं । थापाथली सहित काठमाडौंका विभिन्न क्षेत्रमा रहेको सुकुमबासी बस्तीका स्थानीयको बसोबास व्यवस्थापनको तयारी थालिएको छ । 

    सरकारले  सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी गरेसँगै काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुकुमबासी बस्तीका स्थानीयलाई अस्थायी बसोबासको प्रबन्ध गर्न लागेको हो।   

    विस्थापित नागरिकहरूलाई सुरुमा त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा लैजाने तयारी छ । त्यहाँबाट उनीहरूलाई स्क्रिनिङ गरेपछि अस्थायी बसोबासका लागि सम्बन्धित स्थानमा पठाइने महानगरका एक उच्च अधिकारीले बताएका छन्।

    स्रोतका अनुसार सुकुमबासीहरूको अस्थायी बसोबासका लागि काठमाडौंमा ३ स्थान तय गरिएका छन् । यद्यपि सुरक्षा संवेदनशीलताका कारण ती स्थान अहिले नै सार्वजनिक गरिएको छैन।  

    यसैबिच काठमाडौं महानगरपालिकामा आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ ।   

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १६:४२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij