Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

फिफाको अल्टिमेटम बोकेर राखेप पुगे एन्फा महासचिव, मे ४ भित्र निकास खोज्ने तयारी

फिफाको अल्टिमेटम बोकेर राखेप पुगे एन्फा महासचिव, मे ४ भित्र निकास खोज्ने तयारी


  • 631
    Shares

    फिफाको अल्टिमेटम बोकेर राखेप पुगे एन्फा महासचिव, मे ४ भित्र निकास खोज्ने तयारी

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बीच नेपाली फुटबलमा देखिएको पछिल्लो संकट समाधानका लागि औपचारिक वार्ता शुरु भएको छ । बिहीवार एन्फाका महासचिव किरण राईले राखेपका पदाधिकारीहरूलाई भेटेर फिफाले पठाएको पछिल्लो पत्र हस्तान्तरण गर्नुभएको हो ।

    महासचिव राईकाअनुसार फिफाले आगामी मे ४ सम्मको समयसीमा तोक्दै नेपाली फुटबलमा देखिएको हस्तक्षेपको अवस्था अन्त्य गर्न पत्र पठाएको छ । राखेप, फिफा, एएफसी र एन्फाबीच यसअघि भएको भर्चुअल छलफलपछि फिफाले यो नयाँ पत्र पठाएको हो । 

    विवादको बीचमै एन्फाले वैशाख १४ गते सोमवारदेखि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । यसलाई रणनीतिक चाल नभई फुटबलको दायित्व भएको राईले दाबी गरे । 

    नेपाली फुटबल क्षेत्र अब केवल खेल मात्र नभई एउटा अर्ध-व्यवसायिक ‘उद्योग’ बनिसकेकाले यसमा आश्रित हजारौँ खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको भविष्य संरक्षण गर्नु राज्य र संघको दायित्व भएको उनले बताए। फुटबलमै निर्भर रहेका व्यक्तिहरूलाई न्याय दिनका लागि पनि छिटो निकास आवश्यक रहेको उनको धारणा छ । 

    नेपालको खेलकुद कानून र फिफाको विधानबीच देखिएको नीतिगत टकरावका कारण समस्या उत्पन्न भएको भन्दै राईले इमान्दारीपूर्वक काम गरिरहेको दाबी गरे । राखेपसँगको वार्ता सकारात्मक रहेको र आगामी दिनमा पनि छलफल जारी रहने उनले जानकारी दिए। समर्थकहरूलाई आश्वस्त पार्दै उनले कुनै ‘अपराध’ नभएको र भविष्यका लागि दीर्घकालीन निकास निस्किनेमा आफू विश्वस्त रहेको बताए। 

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १६:३५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij