२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच कुरा नमिल्दा पार्टीमा विवाद बढ्दै गएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले समर्थन गर्दै आइरहेका छन् । यसैबीच बुधबार अध्यक्ष यादवले नेता महतोलाई ६ बुँदे स्पष्टीकरण सोधेका छन् ।
पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीको हस्ताक्षरबाट ६ बुँदे स्पष्टीकरण सोधिएको छ । तीनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गर्दै पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कारबाहीसम्बन्धी व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको पत्रमा बताइएको छ ।
पत्रको पहिलो बुँदामा प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको भनि सोधिएको छ ।
यस्तै दोस्रो बुँदामा पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा हुँदा हुँदै छुट्टै कार्यालय सञ्चालन गर्ने कार्य किन गरेको भन्दै पश्न गरिएको छ ।
यस्तै पाचौंमा बुँदामा पार्टी विधानको व्यवस्था विपरित पार्टीभित्र स्वेच्छाचारिता लाद्ने र पार्टीलाई पकेट बनाउने काममा निरन्तर सहयोग तथा सघाउने कार्य किन गर्नुभएको चनि सोधिएको छ ।
छैठौं बुँदामा पत्र प्राप्त भएको ३ दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टी विधानबमोजिम अनुशासनको कारवाही गरिने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij