Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

एमालेले यी १२ नेतालाई आज स्पष्टीकरण पत्र पठाउने

एमालेले यी १२ नेतालाई आज स्पष्टीकरण पत्र पठाउने


  • 6.5K
    Shares

    एमालेले यी १२ नेतालाई आज स्पष्टीकरण पत्र  पठाउने

    काठमाडौं । नेकपा (एमाले)ले स्पष्टीकरण सोधिएका १२ सांसदलाई आज स्पष्टीकरण पत्र पठाउने भएको छ ।

    आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको रिटमा हस्ताक्षर गर्ने थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही बैठकको निर्णयनुसार २४ घण्टे स्पष्टीकरणपत्र पठाउन लागिएको हो ।

    बैठकले विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, झपट रावल, कृष्णलाल महर्जन, भवानीप्रसाद खापुङ, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    यस्तै, बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललगायत ११ जनालाई भने पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १०:४५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij