२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४७.७१ अंकले घटेर २,८३१ को विन्दुमा कायम भएको छ ।
आज २५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड माथिको शेयर कारोबार भएको छ ।
यस दिन पनि १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानीजीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सोलु हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७।७९ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै रिडी पावरको कम्पनीको ६८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij