Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

हर्क साम्पाङ पुगे साइबर ब्यूरो, के छ कारण ?

हर्क साम्पाङ पुगे साइबर ब्यूरो, के छ कारण ?


  • 428
    Shares

    • images
    हर्क साम्पाङ पुगे साइबर ब्यूरो,  के छ कारण ?

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफू विरूद्ध ज्यानमार्ने धम्की आएको भन्दै साइबार ब्यूरोमा उजुरी दिएका छन्। सोमबार उनले साइबर ब्यूरोमा लिखित उजुरी दिएका हुन्।
     
    सुनिता खड्का नामको टिकटक आईडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएको साम्पाङको उजुरीमा उल्लेख छ। साम्पाङले साइबर ब्यूरोमा दिएको उजुरीमा भनिएको छ– मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसंचार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालि गलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको काुन बमोजिम हदैसम्मको कारवाही गरी पाउँ ।’

    harka_sampang_l5ffOcuxMp.jpg

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १६:००:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij